२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालकुमारी घटनामा प्रधानमन्त्रीको चासो, आकस्मिक घटना भन्दै निष्पक्ष छानबिन गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनाबारे जानकारी लिनुभएको छ । आज बिहान प्रधानमन्त्री दाहालले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे जानकारी लिनुभएको हो । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीले घटना आकस्मिक र दु:खद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्रीलाई छानबिन समितिसमेत गठन गरिएकोबारे पनि जानकारी गराइएके छ । गृहमन्त्रीको सचिवायलका अनुसार प्रधानमन्त्रीसँग भेटेपछि गठबन्धन दलका मुख्य नेतृत्वहरु, उपप्रधानमन्त्रीहरु, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरुसङ्ग परामर्श बैठक बालुवाटारमा जारी छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस