२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मृतकका परिवारको जीवनयापनको सबै जिम्मा लिन सरकारसँग सांसद राणाको माग

काठमाडौं । कोरियन भाषा परीक्षाका विषयमा भएको प्रदर्शनमा ज्यान गुमाका सुजन राउतका आफन्तलाई कांग्रेस सांसद उदयशमशेर राणाले भेट गर्नुभएको छ । आज बिहान किष्ट अस्पतालमा मृतकका आफन्त भेट्न राणा पुग्नुभएको हो । उहाँले कोरियन भाषाको परीक्षामा फारम भर्न पाउनुपर्ने माग राखेर प्रदर्शनमा उत्रिएका युवा भाइहरुको मृत्यु हुनु अत्यन्तै हृदयविदारक भएको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘म सरकारसङ्ग ती मृतकका परिवारको जीवनयापनको सम्पूर्ण जिम्मा लिन र यस्ता दु:खद घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ सो अवसरमा आफन्तले सरकारले आफूहरूको चित्कार नसुनेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस