२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनएसएलमा ललितपुर सिटीको शानदार जित, पायो ७० लाख पुरस्कार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । आज साँझ दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पुरस्कार पाएको छ । ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गर्नुभयो । अर्को गोल दिनेश हेम्जनले गर्नुभएको थियो । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजीले एक एक गोल गर्नुभयो । उपविजेता टिमले २० लाख रुपैयाँ पाएको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस