२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

म सङ्घीय गणतन्त्रको परिकल्पनाकार हुँ, कार्यान्वयन मेरो प्रमुख चासो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणमा गम्भीर भएर लागेको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । उहाँले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो ।

आफू नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको स्मरण गराउँदै त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीयता कार्यान्वयन मेरो सबैभन्दा ठुलो चासो र प्राथमिकताको विषय हो । उहाँले सङ्घीय संसद्मा सहभागी सबै दललाई पनि सहमत गराएर सङ्घीयतालाई कार्यान्वयन गर्न खोज्दा केही समय लागेको स्पष्ट पार्नुभयो । भेटमा सातै प्रदेशका मुख्यमन्त्रीले संविधानले व्यवस्था गरेका सङ्घीय अधिकार कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस