२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आइतबार राति १२ बजेसम्मको मौसम पूर्वानुमान हेर्नुहोस्

today rain or snow

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम खालको हुस्सु र कुहिरो लागेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भूभामा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबार राति १२ बजेसम्मको मौसम पूर्वानुमान हेर्नुहोस्

२०८० पुस १४ गते (शनिबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०८० पुस १५ गते (आइतबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस