२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालकुमारी घटना : मृतकका परिवारलाई सरकारले १० लाख दिने

Narayan Kaji Shrestha

काठमाडौं । सरकारले बालकुमारीमा मृत्यु भएका दुई जनाको परिवारलाई जनही १० लाख दिने भएको छ । शनिबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री श्रेष्ठले जानकारी गराउनुभयो ।

इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार बिहानैदेखि प्रदर्शन भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडी पनि जलाएका थिए । त्यसपछि युवा र प्रहरीबिचको झडपमा दुई जनाको मृत्यु भयो । प्रदर्शनका क्रममा दैलेखका २३ वर्षीय सुजन राउत र डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस