२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालकुमारी घटनापछि अदालतको आदेश : इपिएस परीक्षालाई लिएर के भन्यो ? [पूर्णपाठ]

काठमाडौं । उच्च अदालत पाटनले कोरियन जहाज कम्पनीका कामदार र उत्पादक मूलक कामदार छनोट गर्ने प्रयोजनका लागि आवेदन दिएका सबैलाई इपिएस परीक्षामा सामेल गराउन आदेश गरेको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो । इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु समेत भएको छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस