२०८१ मङ्सिर २ गते आइतवार | 2024 November 17th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त, तस्बिर खिचाउनेको घुईचो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् । उच्च अदालत पाटनले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए ।

हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको कारागारका एक अधिकारीले बताए । रिजालले आफूले यो मामलालाई बाहिर ल्याउन भूमिका खेल्नेमध्येका समेत हुन् । उनी थुनामुक्त भएर बाहिर आउँदा तस्बिर खिचाउने र उनलाई स्वागत गर्नेको घुईचो लागेको थियो ।

यो मामलालाई बाहिर ल्याउन भूमिका खेलेपनि ४ जेठमा उनी आफैं पक्राउ परेका थिए । पहिले सरकारी साक्षीका रुपमा बोलाएर छाडिएको थियो । तर, दोस्रो पटक फेरि कागजातमा हस्ताक्षर गर्न भन्दै बोलाएर आफूलाई पक्राउ गरिएको उनी बताउँछन् । अदालतमा मुद्दा अझै विचाराधीन रहेकाले यो प्रकरण टुंगोमा पुगेपछि यसबारे सार्वजनिक रुपमा बताउने रिजाल सुनाउँछन् ।

 

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस