२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीको उद्घोषकै भोलिपल्ट भागबण्डाका लागि बालुवाटारमा मोर्चाका शीर्ष नेताको बैठक

११ पुस, काठमाडौं । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भागबण्डाका लागि शीर्ष नेताको बैठक बस्दिन भनेर उद्घोष गरेकै भोलिपल्छ भागबण्डाकै लागि बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा सरकारको एक वर्षको समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचनको भागबण्डा र मोर्चाबाट राजनीतिक नियुक्तिको बाँडफाँड र गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो । मोर्चा गठनको औचित्यबारे जानकारी दिने भन्दै सातै प्रदेशमा सभा गरे पनि त्यसयता भने मोर्चा निष्कृयजस्तै छ । यो मोर्चामा कांग्रेस भने छैन । कांग्रेस बाहेक यो मोर्चामा सरकार बनाउँने ल्याकत भने छैन ।

 

 

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस