२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब फेरि डरलाग्दो बन्दैछ मौसम : आगामी तीन दिनको मौसम पूर्वानुमानसहित

weather forecast nepal today

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तर, वर्षा र हिमपातको सम्भावना भने कतै पनि छैन।

तराईका थोरै स्थानमा यतबिेला हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो पनि सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक उपाय अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) जारी  मिति: २०८० पुस १० गते बिहान ०६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल मौसमको अवस्था (Present Weather Status) हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु /कुहिरो लागेको छ ।

  २०८० पुस १० गते (मंगलबार)

दिउँसो: सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 २०८० पुस ११ गते (बुधबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०८० पुस १२ गते (बिहीवार)

दिउँसो: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन सबैमा अनुरोध छ ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस