२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चार वेदका अनुवादक लुइँटेलको निधन

The death of Luintel, the translator of the four Vedas

काठमाडौँ, पुस १० गते । संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला र उच्च रक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उनका सहपाठी घनश्याम कोइरालाले जानकारी दिए ।

लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अर्थवेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त, गरुडपुराण, श्रीमद्भागवत, महापुराण, छान्दग्योपनिषद, शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेका छन् । ‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उनले हिन्दीबाट नेपालीमा अनुवाद गरेका थिए ।

लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाएका छन् । परिश्रमी र स्वाभिमानी स्वभावका उनले अध्ययन, अनुसन्धानमा विशेष रुचि राखे । स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । रासस

 

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस