२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेको स्पष्टिकरण : टिभीले सहकारीबाट ऋण लिनु गैरकानूनी भन्ने मलाई थाहा थिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले टिभी वा अरू कुनै निजी कम्पनीले सहकारीको ऋण लिन नहुने कानूनी व्यवस्थाबारे आफूलाई थाहा नभएको स्पष्ट पारेका छन् । तपाई एमडी र सेयर होल्डर रहनु भएको ग्यालेक्सी टिभीले कानूनविपरीत किन पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड ऋण लियो ? भन्ने प्रश्नमा लामिछानेले सहकारीबाट ऋण लिन नहुने कानूनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताएका हुन्।

ुगैरकानूनी काम गरेपछि मलाई कानून थाहा थिएन भनेर छुट पाइन्न नि भन्ने हाम्रो प्रश्नमा लामिछानेले भने, म आफ्नो गुड विललाई सेयर बनाएर गएको हुनाले त्यो बेला भएका नैतिक र कानूनी जिम्मेवारीबाट मुक्त को हुन्छ र ? तपाईंको मिडियामा लगानी गर्ने मान्छेले अर्को कुनै ठाउँबाट गैरकानूनी लगानी गरेको रहेछ भन्ने कुरा तपाईंले छोडिसकेपछि पनि थाहा पाइनँ भनेर कहाँ सुख पाउनुहुन्छ र ? त्यसैले मैले पनि पाउँदिनँ।

उनलाई गोरखा मिडियाले ऋण कहाँबाट लिने भनेर बोर्ड सदस्यहरूका बीचमा कसरी छलफल हुन्थ्यो, ऋण लिनका लागि कस्तो प्रक्रिया हुन्थ्यो ? भनेर सोध्दा उनले त्यो आफूलाई सम्झना नभएको बताए। कतै रेकर्ड छ कि छैन भन्नेबारे पनि आफूलाई थाहा नभएको उनले बताए। आफू लगानीकर्ता नभएको र पत्रकारका रूपमा काम गरेकाले यस विषयमा चासो नराखेको उनको भनाइ छ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस