२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब पहिले जस्तो केहि छैन, यी संकेतहरूले देखाउँछ श्रीमान्–श्रीमती अलग हुँदैछन्

couple trying to divorce

काठमाडौं । समय बित्दै जाँदा दम्पतीबीचको सम्बन्धमा पनि बदलाव आउँछ । सुरु सुरुमा एक–अर्काबीना एकछिन पनि बाँच्न गाह्रो हुन्छ । कहिलेकाहीं सँगै बसेर हप्तौं बिताउँएको पत्तो हुँदैन् । तर हरेक विवाहमा केही चुनौतीहरू हुन्छन्, जुन अधिकांश दम्पतीहरूले एकसाथ सामना गर्नुपर्छ । तर कहिलेकाहीँ अवस्था नियन्त्रण भन्दा बाहिर जाँदा अलग पनि हुनुपर्छ ।

कहिलेकाँही तिक्तता यति धेरै बढ्छ कि लाख प्रयासपछि पनि विवाह पहिलेको जस्तो हुँदैन । जसकारण मानिसहरुले आफ्नो वर्षौं पुरानो वैवाहिक सम्बन्धलाई एक पलमा टुंग्याउँदछन् । जब पति र पत्नीबीच दूरी बढ्छ, तब उनीहरू सम्बन्धलाई समाप्त गर्नु उचित ठान्छन् । उनीहरु यो समयमा आफ्नो सम्बन्ध जोगाउने प्रयास गर्ने कि नगर्ने भन्ने निर्णय गर्न सकिरहेका हुँदैनन् । आज हामी पति पत्नीले सम्बन्ध विच्छेदको योजना बनाइरहेको कसरी थाहा पाउने भनेर बताउन गइरहेका छौँ ।

कुराकानी नहुनु
दिनभरि एकअर्कासँग कहिलेसम्म कुरा गर्नुहुन्छ ? एक स्वस्थ सम्बन्धमा सञ्चार धेरै महत्त्वपूर्ण हुन्छ । जब पति–पत्नीले एक–अर्कासँग कुरा गर्न छोड्छन्, यो अक्सर पहिलो संकेत हो कि विवाह अब अन्तिमतिर आउँदैछ ।

शारीरिक सम्पर्क नहुनु
स्वस्थ सम्बन्धमा शारीरिक सम्पर्क पनि निकै महत्वपूर्ण हुन्छ । यदि तपाईको सम्बन्धमा शारीरिक सम्पर्क भइरहेको छैन भने समयमै ध्यान दिनुपर्छ । निस्सन्देह: विवाहित दम्पतीहरूबीच झगडा हुनु सामान्य कुरा हो । तर यदि उनीहरु अधिकांश समय शारीरिक शारीरिक सम्पर्क राख्नबाट जोगिन्छन् भने यो कुनै ठूलो समस्या भन्दा कम होइन । वैवाहिक सम्बन्धलाई सुखी राख्न शारीरिक आत्मीयताले निकै महत्वपूर्ण भूमिका खेल्छ ।

निरन्तर धोका दिनु
यदि तपाईंको पार्टनरले तपाईंलाई बारम्बार धोका दिन्छ भने पनि सम्बन्ध सुधार भन्दा बाहिर गयो भनेर बुझ्नुपर्छ । वैवाहिक सम्बन्धबाट बाहिर निस्केर भावनात्मक वा शारीरिक सम्बन्ध अरुतिर भयो भने सम्बन्ध समाप्त गर्ने सही मनसायलाई देखाउँछ । विवाह मात्रै नभएर प्रेम सम्बन्धमा पनि यस्ता कुराहरु असह्य हुन्छन् । तपाईंको सम्बन्धमा तेस्रो व्यक्तिको प्रवेशले अलग हुन बाध्य बनाउँछ ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस