२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज सोमबार सुन चाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा आजको नयाँ सुनचाँदीको मूल्य तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनचाँदीको मूल्य स्थिर छ । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा हिजो आइतबार एक लाख १९ हजार ९०० रुपैयाँ कायम भएको थियो । आज सोमबारपनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ९०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यपनि स्थिर छ । शुक्रबार प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ रहेको चाँदी हिजो आइतबार प्रतितोला एक हजार ४ सय ७५ रुपैयाँ रहेकोमा आज सोमबारपनि सोही मूल्य रहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस