२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजनीति सिकाइमा एमाले अघिअघि रास्वपा पछिपछि : रास्वपाले नारायणगढ–बुटवल पैदलयात्रा गर्दै

९ पुस, चितवन । नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि पैदलयात्रा सुरु गर्दैछ । पदयात्रा आज बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट सुरु हुनेछ । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ ।

‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राको क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य हो,’ हाम्रो उद्देश्य सांकेतिकरुपमा सरकारको ध्यानाकर्षण गराउनु हो,’ रास्वपाले भनेको छ ।

यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी हुनेछन् । यात्राका क्रममा सडकको दायाँवायाँ रहेका बस्तीका बासिन्दासँग अन्तरक्रिया भने हुने छैन । दबाब यात्रामा सहभागी हुनेहरुलाई पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस