२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अरबाजले दोस्रो पत्नीसँगको पहिलो तस्बिर सेयर गरे, छोराले पनि दिए सौतेनी आमासँग पोज

काठमाडौं । बलिउड अभिनेता सलमान खानका भाई अरबाजसँग शुरको विवाह भएको छ । गएराति दुवैले विवाह गरेका हुन् । यो विवाह समारोह बहिनी अर्पिताको घरमा निकै धूमधामका साथ मनाइयो । मलाइका अरोरासँग अलग भएको करिब ६ वर्षपछि शुरा अरबाजको जीवनमा दोस्रो पत्नीको रुपमा आएकी छिन् । यो विवाहमा अरबाज खानको परिवारसँगै बलिउडका धेरै साथी र नजिकका मानिसहरु सहभागी भए । अब अरबाज र शुराले सबैलाई आफ्नो विवाहको पहिलो झलक देखाएका छन् । आइतबार राति अर्पिताको घरमा आयोजित कार्यक्रमका धेरै तस्विरहरु सार्वजनिक भएका छन् ।

यी तस्विरहरूमा ५६ वर्षका अरबाज खान दुलहाको पहिरनमा उत्कृष्ट देखिए । अरबाजले यी तस्विरहरू सेयर गर्दै लेखेका छन्, ‘हाम्रा प्रियजनहरूको उपस्थितिमा, मेरी प्रेमिका र म आजदेखि सधैंभरि साथमा हुनेछौं । यस विशेष दिनमा तपाईको सबै आशीर्वाद र माया चाहिन्छ ।’ अरबाज र शुरको यो पोष्टमा उनीहरुका साथीभाइ र नजिकका व्यक्तिहरुले उनीहरुलाई धेरै बधाई तथा शुभकामना दिएका छन् । शुरा भन्दा पहिले र मलाइका पछि जर्जिया एन्ड्रियानी अरबाजको जीवनमा लामो समय सम्म रहेकी थिइन् ।

तर अचानक अरबाजको जीवनमा शुराको प्रवेशले सबैलाई चकित बनायो । मलाइका अरोरासँग विवाह गरेको झण्डै १९ वर्षपछि अरबाजको सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो । मलाइका र अरबाजको एक छोरा अरहान पनि छन् । शुरा एक मेकअप आर्टिस्ट हुन् जो सामाजिक सञ्जालमा निकै सक्रिय छन् । अरबाज र शुरको यो विवाहमा सलमान खान, रविना टण्डन, फराह खान, रितेश देशमुख, ड्यानिलिया डिसुजा, बाबा सिद्दीकी, युलिया वन्तुर जस्ता धेरै अतिथिहरू देखिएका थिए ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस