२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अरबाज खानको विवाह, पूर्वपत्नी मलाइकाका तस्विर भाइरल

काठमाडौं । अरबाज खानले मेकअप आर्टिस्ट शुरा खानसँग डिसेम्बर २४ मा विवाह गरेका छन् । यसैबीच पूर्वपत्नी मलाइका अरोरा क्रिसमस मनाउन परिवारसँग देखिएकी थिइन्, जसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । योसँगै उनी अरबाज खानको विवाहमा नगएको भन्दै प्रश्न सोध्न थालेका छन् । भिडियोमा मलाइका अरोराले ब्ल्याक ब्लेजर र वाइड कलर ड्रेस लगाएकी छिन् ।

साथै, उनलाई साथीभाइ र परिवारसँग क्रिसमस मनाउँदै गरेको देख्न सकिन्छ । एक प्रयोगकर्ताले लेखे, ‘विवाहमा गइनन् ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘उनलाई पीडा भएको छ, उनको आँखामा देख्न सकिन्छ ।’ अर्को एकजनाले धेरै सुन्दर देखिएके भनेका छन् । मलाइकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा क्रिसमस सेलिब्रेसनका धेरै तस्वीरहरु शेयर गरेकी छिन् ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस