२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वास्तुशास्त्र अनुसार घरमा कहिल्यै नराख्नुहोस् यस्ता ७ वस्तु, हुनेछ दरिद्रता

According to Vastu Shastra, never keep these 7 items in the house, it will lead to poverty

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ ।

खराब भएको र टुटेफुटेको सामान घरको कुनामा राख्ने बानी हुन्छ कसैकसैको । पछि फ्याँकौंला नि भनेर कुनामा यसरी फुटेका चीज राख्दा घरमा दरिद्रता आउँछ भनी वास्तुले बताएको छ । यस्ता चीज राख्दा घरमा विराजमान महालक्ष्मी देवी पनि अप्रसन्न हुनुहुन्छ । यसबाट वास्तुदोष उत्पन्न भएर नकारात्मक प्रभाव पर्छ ।
फुटेका के के सामान नराख्ने त ?

फुटेका भाँडा
तपाईंले फुटेका गिलास र प्लेटले काम चलाइरहनुभएको छ भने वास्तुदोष निम्त्याउँदै हुनुहुन्छ । यस्ता चीजलाई घरमा राख्नै हुँदैन किनकि यिनीहरूको नराम्रो प्रभाव पर्छ ।

भाँचिएको खाट
घरमा सुख र शान्ति चाहनुहुन्छ भने भाँचिएको पलङ नराख्नुस् । वास्तुशास्त्र अनुसार भाँचिएको खाट घरमा राख्दा वैवाहिक जीवनमा कलह आउँछ ।

बन्द भएको घडी
बन्द भएको घडीले रोकिएको प्रगतिलाई जनाउँछ । घरमा ठूलठूला घडी राख्दा प्रगति हुन्छ अनि घडी बन्द हुनेबित्तिकै ब्याट्री फेर्नुस् वा पूरै बिग्रिएको छ भने फ्याँक्नुस् । रोकिएको घडीले घरमा कुशलमंगललाई पनि रोकिदिन्छ ।

फुटेको ऐना
वास्तुका अनुसार फुटेको ऐना वा शीशा घरमा राख्दा लगातार नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूका बीच मानसिक तनाव उत्पन्न हुन्छ ।

भाँचिएको ढोका
तपाईंको घरको मूल ढोका भाँचिएको छ भने छिट्टै मर्मत गरिहाल्नुस् । भाँचिएको ढोका अत्यन्तै अशुभ हुन्छ र यसबाट संसारका सबै नकारात्मक शक्ति घरमा पस्छन् ।

फुटेको तस्वीर
फुटेको तस्वीरले वास्तुदोष उत्पन्न गर्छ । घरका सदस्यको दुर्भाग्यको यो कारण बन्न पुग्छ ।

भाँचिएको फर्निचर
घरको फर्निचर राम्रो हालतमा हुनुपर्छ । फुटेको फर्निचर राख्दा वास्तुदोष लाग्छ । यसबाट घरमा आर्थिक समस्या उत्पन्न हुन्छ । कि छिट्टै मर्मत गर्नुस्, कि फ्याँक्नुस् भाँचिएको फर्निचर । त्यसैले भाँचिएका र टुफेटेका सामान घरबाट हटाइहाल्नुस् ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस