२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज आइतबार सुनको बढ्यो चाँदीको मूल्य घट्यो

today gold price in nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज आइतबार बढेको छ । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज आइतबार एक लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ९०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ रहेको चाँदी आज आइतबार प्रतितोला एक हजार ४ सय ७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस