२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, न्यायाधीश ढकालले नै फैसला गर्ने निश्चित

sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएन । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको फैसला बहस आज सुरु भएको हो । अब यसले निरन्तरता पाउने छ । न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ । भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबार हुनेछ ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस