२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समृद्धिका लागि संकल्प यात्रा असाधारण, गलत भाष्यलाई चिर्न सफल : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको बताएका छन् । सो यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको बताए । यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको ओलीले प्रष्ट पारे ।

अवाञ्छित खालका चिन्तालाई अघि बढाउने प्रयासलाई सो यात्राले असफल बनाएको ओलीले दाबी गरे । अनेक खालका गलत भाष्यलाई यात्राले चिर्ने काम गरेको उनले बताए । ‘सही भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ’, उनले भने । जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको ओलीले बताए । यो यात्राले राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको ओलीले बताए । हिंसाका प्रवृत्ति र ढुङ्गा हान्ने कुरालाई यो यात्राले निस्तेज गरिदिएको ओलीले बताए ।

ओलीले संकल्प यात्रा सांस्कृतिक उत्सवको यात्रा पनि भएको बताए । यसले सांस्कृतिक एकता कायम गर्न सहयोग गरेको उनले दाबी गरे । ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको ओलीले बताए । विकासका निम्ति तत् तत् ठाउँमा के के गर्नुपर्छ भन्ने सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पारे ।

नेकपा एमालेले गरेको काम स्थलगत यात्रामा देखिएको ओलीले दावी गरे । एमाले सरकारमा हुँदा गरेको काम हेर्न गाउँमा नै छिर्नुपर्छ भन्ने सन्देश यात्राले दिएको उनको भनाइ छ ।  नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको ओलीले बताए । तर युवा पङ्ती देश छाडेर हिँड्नु गम्भीर चुनौती भएको ओलीको भनाइ  छ ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस