काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आएका छन् । उनी पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसहित धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् । बुद्ध एयरको जहाजबाट भैरहवा विमानस्थल ओर्लेका शाहलाई उनी समर्थक र राप्रपाका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।
विमानस्थलमा जम्मा भएका उनका सयौं समर्थकहरुले ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए । शाह विमानस्थलबाट मुख्य सडकसम्म हिंडेका थिए भने त्यहाँबाट अञ्चलपुरमा रहेको तारे होटेल सिद्धार्थ भिलासासम्म आफै कार हाँकेर थिए । सो अवसरमा समर्थकले नौमति बाजाले पुर्व राजालाई स्वागत गरिएको थियो । शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको पूर्व राजालाई अभिनन्नदन गर्न गठित मूल समितिका संयोजक डा. रामप्रसाद बस्यालले बताए ।
शाहको भ्रमण तालिका सार्वजनिक नभएपनि भैरहवामा वृहत सभा सहित अभिनन्दन गरिने उनले बताए । साथै ठाउँ–ठाउँमा नागरिक अभिनन्दन तय गरिएको छ । शाह पुस १९ गतेसम्म बस्ने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।