२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोलन्जोर गाउँपालिका प्रशासकीय भवन शिलान्यास

सिन्धुली। गोलन्जोर गाउँपालिकाले आफ्नो सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-३ ग्वाल्टारमा आफ्नै करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गरे ।

सिन्धुलीका ९ स्थानीयतह मध्ये ८ स्थानीयतहले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्णाण गरि सेवा प्रवाह सुरुवात गरिसकेका छन्। तर गोल्जोर गाउँपालिकाले आफ्नै भवन समेत बनाउन सकेको थिएन। गाउँपालिका बने देखि नै घर भाडामा लिएर सेवा दिँदै आएको पालिकाले यसअघि प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। पालिकाका अनुसार पार्किङ सहितको ४ तला ३८ कोठाको भवन ६करोड११लाख११ हजार २ सय ५७ रुपैंया लागतमा निर्माण हुनेछ ।

सो भवन आगामी २४ महिना (दुईबर्ष) भित्रमा निर्माण सम्पन्न गर्ने गरी पाइनस कन्ट्रक्सन प्रा.लि. काठमाण्डौसंग गत भदौ १२ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर सुशिल काफ्ले ले बताए ।

भवन शिलान्यास गर्दै अध्यक्ष बरालले भवन निर्माणपछि गाउँपालिका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।उनले भने, हाल गाउँपालिका भवन साँघुरो भएकोले एउटै कोठाबाट २ भन्दादबढी शाखा सञ्चालन हुँदै आएको नागरिकले सहज सेवा पाउन सकेको छैनन् भने सास्तीपूर्ण रुपमा सेवा सञ्चालन भइरहेको छ। भवन साँघुरो भएकाले सेवा प्रवाहमासमेत सकस भएको तर प्रशासकीय भवन निर्माण भएसँगै सो समस्याको समाधान हुने उनले बताए।उनले निर्धारित समयभित्रमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न सबैजनाको भुमिका उत्तिकै रहेने जिकिर गरे। साथै सहयोगको लागि आग्रह समेत गरे।

प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले विकासँग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताए।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस