२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निर्मलाको हत्या आरोपमा जेठाजु पक्राउ, ६ महिनाअघि श्रीमान् गुमाएकी थिइन्

काठमाडौं । बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ परेका छन् । घटना, भारत, मध्यप्रदेशको रतलामको हो । त्यहाँ हत्या आरोपमा जेठाजु नाता पर्ने सुरेशले महिलालाई रडले कुटपिट गरी शरीरमा पेट्रोल छर्केर आगो लगाएर हत्या गरेको आरोप लागेको छ । महिलाको परिवारजनले शव प्रहरी चौकीमा राखेर विरोध गरेका थिए । जानकारी अनुसार आरोपितले यो अपराध गर्नुअघि मृतकका भाइलाई फोन गरेर आफूले यस्तो गर्न लागेको धम्की दिएका थिए । मृतक महिलाका परिवारले अभियुक्तको घरमाथि डोजर चलाउन प्रहरीसँग माग समेत गरेका छन् ।

घटनाबारे रतलामका प्रहरी उपरीक्षक राहुलकुमार लोढाले महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी गराए । यो घटना जिल्लाको धोधर गाउँमा शनिबार भएको थियो । स्थानीयका अनुसार अभियुक्त सुरेशले यो सबै अपराध खुलेआम मानिसहरूबीच भीडको अगाडि गरेका हुन् । मृतकको पहिचान निर्मलाका रुपमा भएको छ । निर्मलाका श्रीमानले भर्खरै आत्महत्या गरेका थिए । सुरेशलाई सोधपुछ गर्दा ६ महिनाअघि भाइ प्रकाशले आत्महत्या गरेकोमा निर्मलालाई दोषी ठहर गर्दै यातना दिने गरेको प्रहरीले जानकारी गराएको छ । धेरैले यो घटनालाई आफ्नो मोबाइल कैद गरेका छन् । यी भिडियोहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । प्रहरीले घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस