२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फ्रान्सले किन रोक्यो भारतीय बोकेको चाटर्ड विमान ?

Why did France stop the Indian chartered plane

काठमाडौं । मानव तस्करीको आशंकामा फ्रान्सले भारतको चार्टड उडान रोकेर अनुसन्धान थालेको छ । फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु गरेको हो ।

विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ । तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन । पेरिस सरकारी वकिलको कार्यालयले संगठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ इकाई, सीमा प्रहरी र उड्डयनसँग सम्बन्धित एजेन्सीले अनुसन्धान गरिरहेको बताएको छ ।

उनीहरुले सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको छ । साथै, विमानका यात्रुसँग पनि सोधपुछ भइरहेको छ । यस सम्बन्धमा कुनै अज्ञात व्यक्तिले जानकारी दिएको बताइएको छ । यो विमान ए–३४० रोमानियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको हो ।

दुबई (युनाइटेड अरब इमिरेट्स) बाट उडेको उक्त विमान प्राविधिक रोक (इन्फ्युलिङ) का लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो । यो एयरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एयरलाइन्सका लागि प्रयोग गरिन्छ । प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ । एजेन्सी

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस