२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सातामा प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

Today Gold price in Nepal

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवार तोलामा ७०० रुपैयाँको वृद्धि आएको हो ।

महासङ्घका अनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ थियो ।

जुन, यो साताको शुक्रवारसम्ममा १ लाख १९ हजार ८०० रुपैयाँ कायम भएर कारोबार बन्द भएको हो । यस्तै, हिजो शुक्रवारसम्ममा तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार २५० रुपैयाँ कायम भएको छ ।

यस्तै, यो साता चाँदीको मूल्यमा समेत तोलामा १५ रुपैयाँको वृद्धि आएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवार १४ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस