२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उमेरले ८० कटेका अमिताभ बच्चनको बाक्लो कपालको रहस्य

The secret behind Amitabh Bachchan's thick hair at 80

काठमाडौं । अमिताभ बच्चन बलिउडका विश्वविख्यात मेगास्टार तथा लिजेण्ड अभिनेता हुन् । उनी फिल्मको पर्दामा जति फिट र एक्टिभ देखिन्छन्, वास्तविक जीवनमा पनि त्यस्तै छन् । ८० वर्ष कटिसकेका उनी सँधै ह्याण्डसम देखिन्छन् ।

उनको कपाल अहिलेपनि पहिलेको जस्तै देखिन्छ । जसले उनलाई थप आकर्षक बनाएको चर्चा हुने गरेको छ । उनको कपाल साँच्चिकै हो कि विग ? छुट्याउन मुश्किल पर्दछ । उनको टाउकोमा युवावस्थामा झैँ बाक्लो कपाल छ । मानौं ः कपाल झरेकै छैन ।

उनका फ्यानसमेत कपाल देखेर आश्चर्यचकित हुन्छन् । तर, उनको त्यो असली कपाल नभएकाले पहिले विग लगाएका थिए । त्यतिले नपुगेपछि कपाल प्रत्यारोपण गरिएको बताइन्छ ।

एफयुई कपाल प्रत्यारोपण विधिलाई भारतमा राम्रो मानिँदैन । चर्को दबाबका बाबजुद पनि कपाल प्रत्यारोपण गराएका उनले प्रत्यारोपणले आफ्नो आत्मविश्वास र शक्ति बढाएको बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस