२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिताभ र अभिषेकसँग सलमानले अँगालो हालेपछि सामाजिक संजाल तरंगित

Social media is abuzz after Salman hugs with Abhithab and Abhishek

काठमाडौं । बलिउड अभिनेता अभिताभ बच्चन र सलमान खानले एक अर्कालाई अँगालो हालेपछि यति बेला सामाजिक संजाल तरंगित बनेको छ ।

निर्माता आनन्द पण्डितको जन्मदिनको पार्टीमा शाहरुख खान, कार्तिक आर्यन, टाइगर श्रोफ, ज्याकी श्रोफ, ऋतिक रोशन र निल नितिन मुकेश लगायत बलिउडका कयौं दिग्गज कलाकारहरु सहभागी भएका थिए । अहिले सामाजिक सञ्जालमा सोही समारोहको केही फोटो र भिडियोहरु भाइरल भइरहेका छन् ।

भिडियो क्लिप्समा सलमान खान अभिताभ बच्चनलाई अँगालो मारिरहेका देखिए । सलमान अमिताभ बच्चन भएको ठाउँमा जान्छन् अनि उनलाई अँगालो मारेर स्वागत गर्छन् । सोही भिडियोमा सलमानले अभिषेक बच्चनलाई पनि मायाले अँगालो हालेको देखियो । उनीहरुबीच कुराकानी पनि भएको थियो । सार्वजनिक भेटघाटमा सलमान र अभिषेकबीच यस्तो अंकमाल विरलै देखिन्छ । सन् १९९८ मा हम दिल दे चुके सनम फिल्मको शुटिङको बेलामा सलमान खान र ऐश्वर्या राय केही समय एक अर्काको प्रेममा थिए । तर यो सम्बन्ध लामो समय चलेन । सन् २००७ मा ऐश्वर्याले अभिषेकसँग बिहे गरिन् ।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस