२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरामा रवि लामिछानेमाथी मकैको खोया प्रहार

७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा मकैको खोया प्रहार भएको छ । लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका सन्तोष रानाभाटले रविलाई लक्षित गर्दै मकैको खोया प्रहार गरेका हुन् ।

ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले मन्तव्य राखिरहेका बेला मञ्चमा उनलाई लक्षित गरी खोया प्रहार भएको थियो, तर उनलाई लागेन । मन्तव्य राखिरहेकै बेला खोया मगाएर आफूमाथी खोया हान्ने व्यक्तिलाई केही नगर्न रविले आफ्ना कार्यकर्ता र सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । उनले खोया प्रहार आफूलाई चेतावनी भएको बताएका छन् ।

‘आज घोगा पाइस् तैले यदि बाटो बिराइस् भने के मात्र पाउँछस् कल्पना गर भनेर मलाइ चेतावनी दिइएको हो । मैले यसलाई सकारात्मक रुपमा लिएको छु’ उनले भने ।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस