२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

Illegal drugs

काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय ८६ एम्पुल, फेनारगन ४ सय ८७ एम्पुल र नुर्फिन ४ सय ८२ एम्पुलसहित पर्सा वीरगंज महानगरपालिका-२७ कँवरी घर भएका २२ वर्षीय मुसाहयब हवारीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ८२८४ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ भत्केकोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम ७ मिलिग्रामसहित भारत बहराईच ठाना मोतिपुर बलेगाउँ खमरिया बस्ने २० वर्षीय निजामुद्दिम खाँ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ईलाम, सूर्योदय नगरपालिका-७ कन्यामबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय कमल रिजाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्रामसहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २९ वर्षीय दिपक गैरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ रतनपुर बस्ने २१ वर्षीय दिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बैङ कलोनीस्थित होटल ग्यालेक्सिबाट अवैध लागूऔषध ब्राउनसुगर २० ग्राम ७ सय मिलिग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-२ बस्ने ३९ वर्षीय श्रीलाल प्रसाद यादव र ४५ वर्षीया उमा देवी चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले होटल तलासी गर्दा उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस