एक दिन श्रीमानसँगको झगडाको सबै कुरा मैले मेरो दाजुलाई सुनाएँ । तब दाजुले भन्नुभयो, एउटा काम गर केही दिनका लागि तिमी यहाँ घरमा आउ । केहि दिन एकअर्काबाट टाढा रहँदा दुबैले एक अर्काको अभाव महसुस गर्नेछौं । सम्बन्ध आफै ठिक हुनेछ ।
त्यसपछि केही दिनका लागि श्रीमानको घर छाडेर म दाइहरु बसिरहेको (मेरो माइती) घरमा आएँ । दाजु धेरै राम्रो हुनुहुन्थ्यो । मलाई अति नै माया गर्नुहुन्छ तर भनिन्छ दाजु–भाइ जतिसुकै राम्रो किन नहोस् जब भाउजु वा बुहारीको इच्छा अनुसार कुनै पनि काम हुनथाल्छ भने त्यो घरको वातावरण बिग्रन बेर लाग्दैन ।
केही दिनपछि भाउजुलाई म सधैंका लागि आमा–बुवाको घरमा बस्न सक्छु भन्ने लाग्न थाल्यो । सायद त्यसैले होला उनले मलाई अनेक दोष दिन थालिन् । दिनहुँ कुनै न कुनै तरिकाले मलार्ई घोच–पेच गर्न थालिन् । घर छाडेर हिड्ने केटीहरुको कुनै घर हुदैन । कुनै भरपनि हुँदैन । ऊ घर न घाटको हुन्छ । अनेक कहानी भन्न थालिन् ।
मैले भाउजुको संकेत राम्ररी बुझ्न थालें, केही दिनमै मलाई यो अब मेरो आमाबुवाको घर नभई अब भाउजुको घर हो जस्तो लाग्न थाल्यो । यसैबीच मेरो श्रीमानलाई पनि एक्लोपन लाग्न थालेछ । त्यसैले उहाँ मलाई लिन आउनु भयो । मैले उहाँलाई अँगालो हालेर रुन थाले । त्यसपछि उहाँले मेरो आँसु पुछिदिनुभयो । त्यसपछि दाजुको घर छाडेर म ससुराको घरमा आएँ । बाटोभर म यो सोचिरहेकी थिएँ कि आमा घरमा रहुन्जेलसम्म मात्र आमा–बुवाको घर मेरो घर जस्तो लाग्ने रहेछ । उहाँहरुको युगपछि त त्यो केबल भाउजु वा बुहारीको मात्रै बन्ने रहेछ । सायद त्यसैले होला भनिन्छ आमाको उत्पत्ति आमाबाट नै हुन्छ ।