२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२५ वर्षीया केटीले केराको डाँठबाट सुरु गरिन् फाइबर व्यवसाय, ३० भन्दा बढी महिलालाई रोजगारी

Surmayi Banana Extraction Project

काठमाडौं । तरिका जाने फोहोरलाई सजिलै मोहोर बनाउन सकिन्छ । भारत, बिहारको हाजीपुरका महिलाहरू उत्कृष्ट गुणस्तरको केरा खेतीका लागि चिनिन्छन् । अब त्यहाँका महिलाको नाम केरा खेतीका लागि मात्र नभई केराको डाँठबाट फाइबर निकाल्ने उत्तम कामका कारण पनि चर्चामा छ । यस कामको नेतृत्व एक फेसन उद्यमी वैशाली प्रियाले गरेकी छिन् ।

न्यू इन्डियन एक्सप्रेसको एक रिपोर्टअनुसार २५ वर्षीया वैशालीले त्यहाँबाट निकालिएको फाइबर युरोपको टेक्सटाइल र एसेसरिज बजारमा पुर्याउँछिन् । यसबाट उनले गाउँका महिलाहरूलाई रोजगारी दिने मात्रै नभएर सीप विकास कक्षाहरू पनि चलाइरहेकी छिन् । वैशालीले ‘सुरमयी केरा निकासी परियोजना’ सुरु गरेकी छिन् । त्यसमार्फत उनले अर्गानिक र प्राकृतिक उत्पादनबाट फाइबर निकाल्ने सीपलाई बढावा दिदैँ आएकी छिन् । उक्त परियोजनामा स्थानीय कृषि विज्ञान केन्द्रले पनि सहयोग गरिरहेको छ । वैशालीले ३० जना महिलासँग मिलेर यो काम सुरु गरेकी थिइन् ।

आज, मानिसहरू हरेक दिनका हिसाबले यसमा सहभागी हुँदैछन् । फाइबर निकाल्न भिजाउने, धुलो बनाउने, बाँध्ने जस्ता धेरै प्रक्रियाहरू जोडिएको छ । ती महिला र अन्य सदस्यलाई केराको बोटबाट निकालिएको अन्तिम कच्चा पदार्थबाट उत्पादन गर्न तालिम दिइँदैछ । केराको फाइबर विभिन्न विभिन्न कपडा बनाउन प्रयोग हुन्छ । केरामा ५ देखि ६ किलोग्राम फाइबर हुन्छ । उनी भन्छिन्, ‘मलाई सानैदेखि थाहा थियो, मेरो सानो शहर हाजीपुर केराको सबैभन्दा ठूलो उत्पादक हो ।’ त्यसपछि उनले केरा काट्दा निस्कने फोहोरलाई पैसामा परिणत गरिन् ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस