२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज शुक्रबार बढ्यो सुन चाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज शुक्रबार बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक लाख १९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यपनि बढेको छ । अस्ति चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएकोमा हिजो प्रतितोला एक हजार ४ सय ८० रुपैयाँ मूल्य कायम भएको थियो, आज भने प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस