२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्री सुदन किरातीलाई भीम रावलको प्रश्न- किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ?

Bhim Rawal's question to Minister Sudan Kirati- Is it treason for the Kiratis to consider Mundhum

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले संस्कृतिमन्त्री सुदन किरातीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीप्रति आपत्ति जनाएका छन् ।

रावलले सामाजिक सञ्जालबाट आफ्नो वक्तव्य जारी गर्दै किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्ने प्रश्न समेत गरेका छन् । किरातीले बुधबार एक कार्यक्रममा क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दामा पाता कसेर जेल हाल्ने चेतावनी दिएका थिए ।

रावलले किरातीलाई प्रश्न गर्दै सोधेका छन्, ‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न : के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले मुन्धुमु मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो ।’ किरातीले संविधानविपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न दबाब परे पनि प्रधानमन्त्री र सत्ता गठबन्धनले मौनता साँधेको छ ।

 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस