२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नयाँबसपार्कमा बालिकालाई वेश्यावृत्तिमा लगाउने युवक पक्राउ, ४ जनाको उद्धार

काठमाडौं । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । तामाङले नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए ।

सोही सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरुलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो । आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटलरगेष्ट हाउसहरुमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरुलाई ५ महिनादेखि होटल र गेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस