२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१३ लाख रुपैयाँमा इराकमा बेचिइन् महिला, ३ वर्ष काम गर्दा एक रुपैयाँ पनि तलब आएन

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँमा गत मङ्सिर १४ गते एउटा निवेदन दर्ता भयो । सिन्धुपाल्चोककी एलिजा लामा (नाम परिवर्तन) ले दर्ता गराएको निवेदनमा आफूलाई इराक पुर्‍याएर एक हजार अमेरिकी डलर अर्थात् १३ लाख नेपाली रुपैयाँमा बेचिएको र ३ वर्ष काम गर्दा कुनै रकम नपाएको गुनासो थियो ।

एलिजाले दिएको निवेदनमा उनलाई मकवानपुरको साबिक ईपा पञ्चकन्या गाविस तथा हालको भीमफेदी गाउँपालिकाका राम कुमार लोले आफूसँग ४ लाख रुपैयाँ लिएर वैदेशिक रोजगारीका लागि भन्दै इराक पठाएको उल्लेख छ । आफूलाई नेपालबाट नयाँ दिल्ली, त्यहाँबाट जयपुर र जयपुरबाट दुबई हुँदै इराकमा पुराएको र ६ महिनासम्म काममा नलगाएको उजुरीमा उल्लेख छ । ६ महिनापछि काममा लगाए पनि आफूलाई तलब नदिइएको र आफूलाई काममा लगाइएको घरको साहुले १० हजार अमेरिकी डलर अर्थात् १३ लाख नेपाली रुपैयाँमा किनेको भनेर जवाफ दिएको उल्लेख छ ।

आफूलाई वैदेशिक रोजगारीका लागि भनेर इराकमा पुराएर १३ लाख रुपैयाँ बेचिएको भए पनि त्यसपछि आफूले ३ वर्ष काम गर्दासमेत तलब नपाएको र आफूले गरेको कामको तलब पनि राम कुमार लो तथा उनका बुवा लगायत परिवारको सदस्यको नाममा हालिदिएको भन्दै आफू ठगिएको उजुरी उनले अपराध महाशाखामा दिएको उजुरीमा उल्लेख छ । आफूले ३ वर्ष काम गर्दा पाउनुपर्ने ३२ लाख रुपैयाँसमेत रामकुमार लोले लिएको भन्दै आफूलाई उक्त रकम भराइ वैदेशिक रोजगारीमा पठाउने रामकुमार लोलाई कारबाहीको माग गरेकी छिन् ।

 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस