२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कृष्चियन नमान्नेलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको रवि लामिछानेले मागे राजीनामा

Ravi Lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन् । मन्त्री किराँतीको कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने अभिव्यक्तिलाई लिएर सांसद समेत रहेका लामिछानेले त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।

‘संस्कृति मन्त्री किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक रहेको लामिछानेले भनेका छन् । यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा बस्न नमिल्ने भन्दै यसबारे प्रधानमन्त्रीको ध्यान जानुपर्ने बताए ।

 

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस