२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हृदयाघातका कारण उद्योग वाणिज्य संघ अछामका अध्यक्ष कडायतको निधन

president of Acham Chamber of Commerce and Industry, passed away due to a heart attack

अछाम । अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ । बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो । उद्योग वाणिज्य संघ अछामका अध्यक्ष कडायतको निधन

लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए । साँफेबगर नगरपालिका-८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए । बिहीबार उनको अन्त्येष्टि गरिने छ । शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए ।

 

 

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस