२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राति चाँडो खानाले हृदयाघातबाट बच्न सकिन्छ, खानाले कसरी हुन्छ मुटु रोग ?

काठमाडौं । बिहानको खाजा होस् वा भोजन, जति चाँडो खाना सक्यो, त्यति नै तपाईं स्वस्थ हुनुहुनेछ । हो, एउटा नयाँ अध्ययनले समयमा खाना खाने मानिसमा मुटुसम्बन्धी रोगको खतरा कम हुने दाबी गरेको छ । नेचर कम्युनिकेसन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनमा अनुसन्धानकर्ताहरुले खानपिन र मुटुरोगबीचको सम्बन्धको अध्ययन गर्दै मानिसहरुको खानपिन र मुटुको स्वास्थ्य एक अर्कासँग घनिष्ट रुपमा सम्बन्धित रहेको दाबी गरेका छन् ।

ढिलो खाना खानुका बेफाइदा र छिटो खाना खानुका फाइदाबारे गरिएको अध्ययनका लागि न्युट्रिनेट–सान्टे समूहका १,०३,३८९ व्यक्तिबारे अनुसन्धान गरिएको थियो । तीमध्ये ७९ प्रतिशत महिला थिए, जसको औसत उमेर ४२ वर्ष थियो । अध्ययनका क्रममा उमेर, पारिवारिक अवस्था, खानपिनको गुणस्तर, जीवनशैली र सुत्ने शैलीलगायत थुप्रै पक्षका आधारमा मानिसमा मुटुरोगको जोखिमबारे बुझ्ने प्रयास गरियो ।

अध्ययनले बिहानको खाजा नखाने र उठेपछि ढिलो खाने बानीका कारण मुटुरोगको जोखिम बढ्ने देखियो । यस्ता व्यक्तिले दिनको पहिलो खाना जति ढिलो खान्छन्, उनीहरूलाई प्रतिघण्टा मुटुरोगको खतरा हुन्छ । यो ६ प्रतिशतको आधारमा बढ्छ । त्यस्तै राति ८ बजेअघिको खानाको तुलनामा ९ बजेपछि खाना खाँदा सेरेब्रोभास्कुलर डिजिज (स्ट्रोक आदि) को जोखिम २८ प्रतिशतले बढ्छ । पुरुषको तुलनामा महिलामा खाने र पिउने समयको अभाव र बिहान अबेरसम्म नखाने बानीका कारण मुटुरोगको जोखिम बढी हुने गरेको अध्ययनले खुलासा गरेको छ ।

ग्लोबल बर्डन अफ डिजिज नामक एक अध्ययनअनुसार विश्वमा मृत्युको प्रमुख कारण मुटुरोग हो । सन् २०१९ मा १ करोड ८६ लाख मानिसको मृत्यु भएको थियो, जसमध्ये करिब ७९ लाख मानिसको आहारसम्बन्धी समस्याका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस