काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको एक अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेसँगै एमाले नेता गोकुल बास्कोटाले पनि टिप्पणी गरेका छन् ।
उनले थुन्नै पर्ने देशद्रोही (अरू धर्म मान्ने) को संख्या करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरूलाई थुन्न कत्रो जेल बनाउँला त ? भन्ने व्यङ्ग्यात्मक जिज्ञासा राखेका छन् । उनले भनेका छन्, संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नै पर्ने राष्ट्र द्रोहीको संख्या (हिन्दु, बौद्ध, मुस्लिम आदी) करिब ९८ प्रतिशत रहेछ।
यस्तै बास्कोटाले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भएको पनि बताएका छन् । धर्म व्यक्तिगत स्वतन्त्रता भएपनि संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको बास्कोटाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।