२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिषेकसँग विवाह गर्नुअघि यी ५ पुरुषसँग जोडिएको थियो ऐश्वर्याको नाम

Before marrying Abhishek, Aishwarya's name was associated with these 5 men

काठमाडौं । ऐश्वर्या राई अहिले बच्चन परिवारकी बुहारी हुन्, जुन बलिउड फिल्म जगतको सबैभन्दा सम्मानित र लोकप्रिय परिवार मध्ये एक हो। अभिनेत्री ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् । तर जुनियर बच्चनसँग विवाह गर्नुअघि उनको नाम धेरै पुरुषसँग जोडिएको थियो ।

१. राजीव मूलचन्दनी

बलिउडमा डेब्यू गर्नुअघि ऐश्वर्या राई आफ्नो मोडलिङका दिनमा राजीव मूलचन्दनीसँग रिलेशनशिपमा थिइन् । भनिन्छ कि करियरको सुरुमा पूर्व मिस वर्ल्ड राजीवसँग डेट गरिरहेकी थिइन् । राजीव पनि चर्चित मोडल हुन् ।

२. हेमन्त त्रिवेदी

राजीवसँग अलग भएपछि ऐश्वर्याको नाम चर्चित फेसन डिजाइनर हेमन्त त्रिवेदीसँग पनि जोडिएको थियो । ऐश्वर्याले मिस वर्ल्डको उपाधि जितेको गाउन हेमन्तले तयार पारेको बताइएको छ ।

३. अक्षय खन्ना

आफ्नो करियरको शुरुवाती दिनमा ऐश्वर्या राईले अक्षय खन्नासँग ‘ताल’ र ‘आ अब लौट चले’ जस्ता उत्कृष्ट फिल्ममा काम गरिन् । यसै क्रममा उनीहरुको अफेयरको खबरले निकै चर्चा पायो । तर चाँडै उनिहरुको बाटो अलग भयो।

४. सलमान खान

ऐश्वर्या र सलमानको अफेयर कसैबाट लुकेको छैन । यो सुन्दर जोडीले सन् १९९९ मा सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’ मा काम गरेकी थिइन् । यस फिल्मपछि दुबैको नजिकता बढेको थियो र दुबैले करिब ३ वर्ष एक अर्कालाई डेट गरेका थिए । तर तिनीहरूको सम्बन्धको अन्त्य धेरै दुखद थियो। ब्रेकअपपछि ऐश्वर्याले सलमानमाथि घर बाहिर कुटपिट गरेको र हंगामा मच्चाएको आरोप लगाएकी थिइन् ।

५. विवेक ओबेरोय

विवेक ओबेरोयले सलमान खानको ब्रेकअपपछि ऐश्वर्या रायको जीवनमा प्रवेश गरेका थिए । यो अफेयरले सामाजिक सञ्जालमा पनि निकै चर्चा पायो । भनिन्छ, जब ऐश्वर्या र सलमानबीच मनमुटाव भएको थियो । त्यसपछि विवेकले ऐश्वर्यालाई सलमानबाट टाढा रहन सल्लाह दिए । तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । जब विवेक ओबेरोयले होटलको कोठामा ऐश्वर्यासँग फोहोरी काम गरेका थिए ।

 

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस