२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नै छोराले धकेल्दा ८३ वर्षीय बाबुको मृत्यु

पाँचथर । आफ्नै छोराले धकेल्दा पाँचथरको कुम्मायक गाउँपालिका-१ मा ८३ वर्षीय बृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा गैरीगाउँका चन्द्रमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

४८ वर्षीय छोरा घनेन्द्र तामाङले चन्द्रमानलाई पैसा मागेको र नदिएपछि धकेल्दा भित्तामा ठोकिएर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक दिवस कुँवरले बताए । चन्द्रमानसँग अघिल्लो साँझ दुई जना छोराहरु घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो । चन्द्रमानको मृत्युपश्चात् उनका दुवै छोराहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

चन्द्रमानको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याइएको छ ।

 

 

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस