२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२० वर्षपछि ऐश्वर्या र छोराको सम्बन्धबारे बोले सुरेश ओबेरोय

सुरेश ओबेरोय

काठमाडौं ।अभिषेक बच्चन र ऐश्वर्या राईको डिभोर्सको हल्ला चलिरहेका बेला वरिष्ठ अभिनेता सुरेश ओबेरोयले आफ्नो छोरा विवेक र ऐश्वर्याको प्रेम सम्बन्धबारे बोलेका छन् । घटनाको २० वर्षपछि उनले यस घटनाबारे बोलेका हुन् ।

विवेकले आफूलाई ऐश्वर्यासँगको सम्बन्धबारे कहिल्यै जानकारी नदिएको उनले बताएका छन् । एक निर्माताले आफूलाई उनीहरूको सम्बन्धको जानकारी दिएको उनले खुलाएका छन्, त्यसभन्दा अघि एक व्यक्तिले पनि उनीहरूको सम्बन्धबारे आफूलाई भनेको ओबेरोयको भनाइ छ ।

‘एनिमल’ फिल्ममा रणवीरका हजुरबुबाको भूमिकाबाट प्रशंसा पाएपछि लेहरेन रेट्रोसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘धेरै कुरा त मलाई अझै पनि थाहा छैन । तर मैले उनीहरूको सम्बन्ध थाहा पाउनेबित्तिकै त्यसबाट सचेत रहन आग्रह गरेको थिएँ ।’

‘सलमान र बच्चन परिवारसँग सम्बन्ध राम्रो छ’

ऐश्वर्याका सम्बन्धलाई सलमान र विवेकबीच ठूलो झगडा भएको थियो । सन् २००३ मा भएको यी दुई नायकको झगडाले बलिउडमा ठूलो स्थान पायो । यही काण्डका कारण विवेकको करिअर क्षमता अनुसार अगाडि नबढेको बताइन्छ । पछि ऐश्वर्याले अमिताभ बच्चनका छोरा अभिषेकसँग लगन गाँठो कसिन् । यसले सुरेश र बच्चन परिवारको सम्बन्ध बिग्रिएको हल्ला चलेको थियो । यही लफडाले सलमानको परिवारसँग पनि उनको सम्बन्ध चिसिएको धेरैको अनुमान थियो ।

सो अन्तर्वार्ता वरिष्ठ अभिनेता सुरेशले आफू र अमिताभ कहिल्यै राम्रो साथी नभएका कारण यो विवादले सम्बन्धमा कुनै असर नपरेको बताएका छन् । उनी थप्छन्, ‘म अमिताभको सहकर्मी हुँ । मेरो भाइको मृत्यु भएका बेला अमिताभकी पत्नी जाया आउनुभएको थियो । हामीबीच व्यवसायिक सम्बन्ध थियो । अमिताभले मलाई जन्म दिनमा पनि बोलाउनुभयो, त्यो मलाई राम्रो लाग्यो ।’

त्यस्तै, छोरोको विवादले सलमानको परिवारसँग पनि आफ्नो नबिग्रिएको उनको दाबी छ । अमिताभ, सलमान र उनका बुबा सलिम खानसँग आफ्नो भेट जहिल्यै राम्रो माहोलमा हुने खुलाए । सलमानले अझ विशेष सम्मान दिने बताउँदै सुरेश थप्छन्, ‘हामी सबै एक–अर्कालाई राम्रोसँग भेट्छौँ । सलमानले मलाई भेट्दा चुरोट लुकाएर सम्मानपूर्वक मसँग कुरा गर्ने गरेका छन् । म विवेकलाई ‘सलिम भाइ’को खुट्टा छुनु भन्छु । धेरै घटना भए, तर सम्बन्ध राम्रो छ ।’

 

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस