२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२१ बच्चाकी २३ वर्षीया आमा, १०० सन्तान पुर्याउने लक्ष्य, भन्छिन् : यो मेरो बाल्यकालको सपना हो

काठमाडौं । रूसकी २३ वर्षीया क्रिस्टिना ओजटर्कले सधैं ठूलो परिवारको सपना देख्थिन् । क्रिस्टिनाले १७ वर्षको उमेरमा प्राकृतिक प्रसवबाट पहिलो सन्तान जन्माएकी थिइन् । एकै वर्षमा सरोगेसी मार्फत थप २० सन्तान जन्माइन् । रुसमा जन्मिएकी क्रिस्टिनाले आफ्नो पहिलो विदेश भ्रमण जर्जियामा छुट्टी मनाउने क्रममा आफ्ना श्रीमान् ५७ वर्षीय ग्यालिपसँग भेट गरेकी थिइन् । ग्यालिप पनि एउटा ठूलो परिवार चाहान्थे । दुईजना आफ्नो सपनालाई कार्यान्वयन गर्न लागे । क्रिस्टिनाले भनिन्, ‘मैले बाल्यकालदेखि नै यो सपना देखेको छु । मेरो श्रीमान्ले पनि ठूलो, सुखी परिवारको सपना देखेका थिए ।’ क्रिस्टिनाले इन्स्ट्रागाममा १०० भन्दा धेरै बच्चाहरु चाहेको कुरा उल्लेख गरेकी छिन् ।

मूल रूपमा प्रति वर्ष एउटा बच्चा जन्माउने योजना बनाएका, दम्पतीले सरोगेसीलाई विकल्पको रुपमा प्रयोग गरेका छन् । तिनीहरू स्थानीय सरोगेसी क्लिनिकसँग जोडिए, त्यसले सम्पूर्ण प्रक्रियालाई व्यवस्थापन गर्दै सरोगेट आमाहरू छनोट गर्यो । सम्भावित समस्याहरूबाट बच्न सरोगेटहरूसँग प्रत्यक्ष सम्पर्क नभए पनि, दम्पतीले चाँडै आफ्नो परिवार विस्तार गर्यो, क्रिस्टिनाले १८ महिनाभित्र सरोगेसी मार्फत २० बच्चाहरूलाई जन्म दिइन् ।

क्रिस्टिनाले संसारको सबैभन्दा ठूलो परिवार हुनुलाई आफ्नो अन्तिम खु:शी ठान्छिन् । अहिले बटुमीमा बसोबास गर्ने यो जोडीले आफ्ना २१ जना बालबालिकाको हेरचाह गर्न १६ जना राखेका छन् । ठुलो घर चाहिने कुरामा उनीहरु सचेत छन् । अहिले उनीहरुसँग तीन तलाको घर छ । भविष्यमा तला थप्ने वा नयाँ ठूलो घर किन्ने योजनाबारे पनि उनीहरुले चर्चा गरेका छन् । अहिले सबैका लागि पर्याप्त ठाउँ भएको भन्दै कुनै नयाँ योजना नभएको क्रिस्टिनाले स्पष्ट पारिन् । उनीहरू आर्थिक चुनौतिहरूलाई स्वीकार गर्छन् । प्रत्येक गर्भावस्थामा लगभग १० हजार अमेरिकी डलर लागतको सरोगेट, र बच्चाहरूको लागि आवश्यक पर्ने साप्ताहिक खर्च ८ हजार डलर बराबर हुन्छ ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस