२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको दिनभरको मौसम

weather forecast nepal today

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अहिले मौसम सफा रहेको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीकै अवस्था रहने पनि उनले बताइन्। ‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम पूर्णतया सफा रहनेछ,’ मानन्धरले सेतोपाटीसँग भनिन्, ‘हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना पनि देखिएको छैन।’

 

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस