२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जाडोमा खाना पकाउँदा तिलको तेल प्रयोग गर्नुहोस्, यी ३ रोगबाट बच्न सकिन्छ

काठमाडौं । जब मौसम परिवर्तन हुन्छ, साथसाथै हामी आफ्नो जीवनशैली र खानपान दुवैमा आवश्यकता अनुसार परिवर्तन गर्न थाल्छौं । तपाईं गर्मीपछि जब जाडो आउँछ, मौसम अनुसार बाक्लो लुगा पनि लगाउन थाल्नुहुन्छ । तर मौसमअनुसार हामी आफ्नो जीवनशैली परिवर्तन गर्छौं, तर खानपानमा परिवर्तन गर्न अलि कठीन हुन्छ । साथै, कोही–कोही मानिस खानपानमा परिवर्तन त गर्छन् तर पूर्णतया गर्न सक्दैनन् । खानपानको कुरा गर्दा खाना पकाउने तेल पनि जरुरी कुरा हो । प्राय: मानिसहरु मौसमपरिवर्तनसँगै खाना पकाउने तेल परिवर्तन गर्दैनन् । तर यदि गर्नसक्यो भने तपाईको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । जाडो मौसममा खाना पकाउने तेलको रुपमा तिलको तेलको प्रयोग गर्नु फाइदाजनक मात्र होइन शरीरबाट धेरै रोगहरु हटाउन पनि मद्दत पुग्छ । आज हामी यसबारे चर्चा गर्न गइरहेका छौँ ।

मधुमेह नियन्त्रण
उच्च रक्तचापबाट पीडित बिरामीका लागि तिलको तेल राम्रो विकल्प हुन सक्छ । तिलको तेलमा धेरै प्रकारका पोषक तत्व पाइन्छ, जसले रगतमा मधुमेहको मात्रा बढ्नबाट रोक्न मद्दत गर्छ । धेरै साधारण खाना पकाउने तेलले मधुमेह बढाउँछ, जबकि तिलको तेलले यसलाई कम गर्न मद्दत गर्दछ ।

गठिया रोक्छ
तिलको तेलमा क्याल्सियमको मात्रा बढी हुने भएकाले यसले हड्डीलाई बलियो बनाउँछ । शरीरमा क्याल्सियमको कमीका कारण आर्थराइटिसलगायत हाडजोर्नीसँग सम्बन्धित थुप्रै रोग लाग्ने खतरा बढ्छ । खाना पकाउने तेलको रूपमा तिलको तेल समावेश गर्नुभयो भने बाथरोग जस्ता रोगहरूको जोखिम कम गर्न मद्दत पुग्छ ।

कोलेस्ट्रोल घटाउँछ
तिलको तेलको प्रयोग गर्दा उच्च कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत पुग्छ । धेरै प्रकारका साधारण खाना पकाउने तेलले शरीरमा कोलेस्ट्रोलको स्तर बढाउँछन् । तर तिलको तेलको सेवनले धमनीमा खराब कोलेस्ट्रोल जम्मा हुने खतरालाई केही हदसम्म कम गर्न सक्छ ।

सामान्यतया खाना पकाउने तेलको खपत निकै कम हुन्छ । यसबीच जाडोयाममा पनि यसको खपत निकै कम हुन्छ भन्ने अधिकांशलाई लाग्छ । तपाईं घरमा खाना पकाउने तेलको रूपमा मात्र होइन पराठा, पुरी र अन्य तारेको वा भुटेको खानाको माध्यमबाट समेत तेल सेवन गर्दै हुनुहुन्छ । सोहीकारण यदि तपाईं कुनै पनि साधारण खाना पकाउने तेलको सट्टा तिलको तेलको प्रयोग गर्नुहुन्छ भने, यसको थप निम्न फाइदाहरू लिन सक्नुहुन्छ ।

  • छालालाई स्वस्थ राख्छ
  • कपाललाई स्वस्थ बनाउँछ
  • तनाव कम गराउँछ

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस