२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी ठाउँबाट सुरु हुन्छ विवाहत्तर सम्बन्ध, सँगै हुँदा पनि एक–अर्कालाई थाहा हुँदैन

काठमाडौं । विवाह एउटा पवित्र सम्बन्ध हो । जब दुई जना यो बन्धनमा बाँधिन्छन्, तब उनीहरुले जीवनभर एकअर्कालाई वफादार रहने वाचा गर्छन् । वाचा मात्रै नभएर एक अर्कालाई कहिल्यै धोका नदिने कसम पनि खान्छन् । तर, पश्चिमि देशहरुको सिको गर्दै नेपालजस्ता देशहरुमा सम्बन्धविच्छेद बढ्दैछ । विवाहपछि धेरै दम्पती आफ्नो वैवाहिक जीवनमा खुसी छन् । तर केही जोडी विवाहित भए पनि अपरिचित व्यक्तिसँग सम्बन्धमा रहन्छन् ।

विवाहमा धोका दिने मानिसहरुका आ–आफ्ना कारण हुन्छन् । केही सर्वेक्षणका अनुसार घरेलु हिंसा, सञ्चारमा अन्तर, ध्यान नदिने, एक्लोपन, बालबालिकाप्रतिको जिम्मेवारी, शारीरिक असन्तुष्टि, भावनात्मक लगावको कमी, सानै उमेरमा विवाह, गलत कारणले विवाह, जीवनमा हुने फरक–फरक प्राथमिकताका कारण सम्बन्धविच्छेद भइरहेको हुन्छ । साझा चासो नहुनु, सम्बन्धमा उत्साह नहुनु जस्ता धेरै कुराले मानिसहरु विवाहत्तर सम्बन्ध तर्फ लाग्ने गर्दछ ।

वास्तवमा विवाहत्तर सम्बन्धका कारण हर कसैको घर बर्बाद हुन्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ विवाहत्तर सम्बन्ध कहाँबाट सुरु हुन्छ ? यस्तो अवस्थामा आज हामी तपाईलाई ती ठाउँहरुको बारेमा बताइरहेका छौँ जहाँ मानिसहरु चाँडै विवाहत्तर सम्बन्धमा जान थाल्छन् ।

कार्यालय (अफिस)
अमेरिकन एसोसिएसन फर म्यारिज एन्ड फ्यामिलीले केही वर्षअघि ३०० भन्दा बढी जोडीसँग अन्तर्वार्ता लिएको थियो । तपाईंको विवाहत्तर (अफेयर) कहाँबाट सुरु भयो भनेर सोधिएको थियो । उनीहरुको जवाफले सबै हैरान भए । किनकी ती मध्ये अधिकांशले विवाहत्तर सम्बन्ध कार्यालयमा सुरु भएको जवाफ दिएका थिए । कार्यालय एक यस्तो ठाउँ हो जहाँ विभिन्न किसिमका मानिससँग घुलमिल हुने मौका मिल्छ ।

कसरत (वर्कआउट) गर्दा
धेरै मानिसहरु कसरत (वर्कआउट) गर्दा पनि विवाहत्तर सम्बन्धमा पर्न थाल्छन् । रोचक कुरा के भने यसमा पुरुषको तुलनामा महिलाहरू अगाडि छन् । जिम गर्दा एक महिलाले आफ्नो प्रशिक्षकसँग शारीरिक रूपमा नजिक मात्र महसुस गर्दिनन्, उनी भावनात्मक रूपमा पनि जोडिन्छिन् ।

सामाजिक सञ्जाल (सोशल मीडिया)
सामाजिक सञ्जाल पनि विवाहत्तर सम्बन्ध सुरु गर्न अग्रपङ्क्तिमा छ । किनभने धेरै मानिसहरू सामाजिक सञ्जालमार्फत आफ्नो पूर्व प्रेमी/प्रेमिका (एक्स) सँग पुन: जोडिने मौका पाउँछन् । यस अवधिमा उनीहरु एक अर्कासँग आफ्ना पुराना दिनहरुको कल्पना गर्न थाल्छन् । कुराकानी गर्दै जाँदा उनीहरु अलग नभएको भए जीवन कस्तो हुन्थ्यो भनेर कल्पनामा रमाउन थाल्छन् । तिनीहरू सँगै कति खुसी हुन्थिम् भनेर मनमा रमाउँदै गर्दा चाँडै गहिरो प्रेममा पर्न थाल्छन् ।

समारोह (पार्टी)
सुन्दा अनौठो लागे पनि केहि विवाहत्तर सम्बन्धहरू पारिवारिक समारोहबाट पनि सुरु हुन्छन् । वास्तवमा, पारिवारिक पार्टीमा सुरु हुने अफेयर प्राय: फ्लिङको रूपमा समाप्त हुन्छ । यसले घरबार मात्रै खराब हुँदैन्, छोराछोरीको भविष्य पनि बर्बाद हुन्छ । पारिवारिक समारोहबीच हुने प्रेम धेरै सामान्य रूपमा सुरु भएर भावनात्मक हुन्छ ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस