२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी ४ बानीले तपाईं श्रीमतीको नजरबाट सधैंका लागि गिर्नुपर्छ, बढ्छ सम्बन्धविच्छेदको खत्तरा

काठमाडौं । यो दुनियाँमा कोही मान्छे पूर्ण सही हुँदैन् । अक्सर गल्ती सबैबाट हुन्छ । कुनै पनि सम्बन्ध लामो समय चलाउनका लागि क्षमा दिन र भुल्न आवश्यक हुन्छ । तर हरेक पटक यसो गर्न सम्भव हुँदैन् । किनकी केही गल्तीहरु यस्ता हुन्छन् जसले व्यक्तिलाई भित्रभित्रै बिगार्छ । विशेषगरी यदि सम्बन्ध पति–पत्नीबीच हो भने यस्ता गल्तीबाट बच्नु निकै जरुरी हुन्छ । अन्यथा जीवनभर सँगै बस्न निकै गाह्रो हुने विज्ञहरु बताउँछन् ।

परिवार र साथीहरूको अगाडि अपमान
बन्द कोठामा पतिको व्यवहारलाई महिलाले जतिसुकै सहने भए पनि तेस्रो व्यक्तिको अगाडि गरेको दुव्र्यवहारलाई उनी कहिल्यै भुल्न सक्दिनन् । यस्ता पतिले सामान्यतया आफ्नी पत्नीबाट प्रेम र सम्मान पाउँदैनन् ।

अर्की महिलासँग अफेयर
एक महिलाले आफ्नो पतिको हरेक गल्ती सहन सक्छिन् भन्ने कुरामा कुनै शङ्का छैन, तर अर्को स्त्रीका लागि कुनै स्थान हुँदैन् । सोही कारणले आज अधिकांश सम्बन्धविच्छेदको कारण विवाहेतर सम्बन्ध हुने गरेका छन् । पतिबाट हुने यस प्रकारको विश्वासघातले महिलालाई पुरुष जातिप्रति अविश्वास, क्रोध र घृणाले सधैंका लागि भरिदिन्छ ।

सबैका अगाडि हात उठाउनु
पत्नीमाथि हात उठाउने पतिहरूलाई क्षमा गर्नुहुँदैन् । पति र पत्नीबीचको सम्बन्ध समान हुन्छ । यस्तो अवस्थामा यदि पतिले आफूलाई श्रेष्ठ ठानेर आफ्नी पत्नीलाई उत्पीडन गर्छ, दश जनाको अगाडि अपमान गर्छ भने पत्नीले कुनै पनि हदसम्म पुगेर त्यसको बदला लिन सक्छिन् । यसका लागि उनी आफ्नो पतिलाई कहिल्यै माफ गर्दिनन् ।

आवश्यक्ता पर्दा सँगै नउभिने
जीवनसाथी भनेको हरेक सुख र दु:खमा एकअर्कालाई साथ दिनु हो । तर जब कुनै पुरुषले आफ्नी पत्नीलाई सबैभन्दा कमजोर समयमा साथ दिन सक्दैन्, श्रीमतीले यो कुरा कहिल्यै बिर्सन सक्दिँनन् । यस्तो भइरह्यो भने उनी आफ्नो पतिबाट पूर्णतया अअलग हुन्छिन् ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस