२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पल शाह बहिनीको रिसेप्सन पार्टीमा बहिनीसँगै नाचे छमछमी

Paul Shah danced with his sister at reception party

नेपालगन्ज । अभिनेता पल शाह गत शनिबार धनगढी महोत्सवमा पुगे। जहाँ उनलाई हेर्न आउने दर्शकको संख्या लाख बढी थियो। लामो समयपछि स्टेज चढेका पलको क्रेज शनिबार धनगढीमा बेग्लै थियो।

धनगढी महोत्सवमा सहभागी भएर आइतबार पल कोहलपुर आइपुगे। बहिनी रोशनी शाहको रिसेप्सन पार्टीमा सहभागी हुन पल आइतबार कोहलपुर आइपुगेका हुन्। कोहलपुरको पाँचतारे होटल ‘सेन्ट्रल प्लाजा’मा रोशनीको विवाहको भव्य पार्टी आयोजना गरिएको थियो।

रिसेप्सन पार्टीमा हजारौंको उपस्तिथि रहेको थियो। जब पल उक्त रिसेप्सनमा पुगे माहोल नै बेग्लै भएको थियो। पलसँग सेल्फी लिनेहरुको भिड नै लागेको थियो। बहिनी रोशनीसँग पल निकैबेर नाचे। हालसालै मात्र बजारमा आएको आफ्नो म्युजिक भिडियोको गीत ‘१,२,३,४….स्विकार मेरो नमस्कार’ बोलको गीतमा पल बहिनीसँग छमछमी नाचेका हुन्।

रोशनीको विवाह कोहलपुर निवासी अनमोल सिंह ठकुरीसँग भएको हो। काठमाडौंमा भब्य विवाह भएपनि अनमोलले आफ्नो गृह नगर कोहलपुरमा आफन्त एवम् नातेदारहरुलाई बोलाएर पार्टी गरेका हुन्।

 

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस