२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

One person involved in motorcycle theft is under the control of the traffic police

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ७ घर भई हाल काठमाडौँ बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२–०३६ प ५१९२ नम्बरको मोटरसाइकल काठमाडौँको भिमसेनस्थानबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो । वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३८ प ६७१६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी चोरीमा संलग्न तामाङलाई टोखाबाट सोमबार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

 

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस